काठमाडौं- स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–२ मा गठबन्धनका उम्मेदवार धनराज गुरुङले अग्रता कायम छ ।
निर्वाचन आयोगबाट प्राप्त पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मत पाउनु भएको छ । उहाँलाई पछ्याइरहेकी नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले ९ हजार ५०१ मत पाउनु भएको छ ।
यसअघि सार्वजनिक मत परिणामको तुलनामा अर्यालको मतान्तर घटेको छ । अहिले अर्याल गुरुङभन्दा दुई हजार ४१८ मतले पछाडि हुनुहुन्छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५ हजार १ सय ९२ मत प्राप्त गर्नु भएको छ ।






प्रतिक्रिया