काठमाडौं -बाजुराको प्रतिनिधीसभामा एक र प्रदेशसभाका दुई सिट गरी तीनवटा सिटमा काँगस्रे,एमाले र एस पार्टीले एक एक सिटमा अग्रता हासिल गरेका छन् । अहिले सम्म प्रतिनिधि सभामा प्रतिनिधीसभामा गठबन्धनका उम्मेदवार बद्री पाण्डेको अग्रता छ ।
पाण्डेले ५ हजार १०६ मत प्राप्त गर्दा एमालेका कर्ण थापाले ३ हजार९९४ मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीच १ हजार ११२ मतको अन्तर छ ।
यता प्रदेश सभामा २ भने काँग्रेसका पदम बहादुर थापालाई पछि पार्दै एमालेका लाल बहादुर थापाको अग्रता छ । शाहीले १ हजार २ मत पाउँदा थापाको १ हजार ३५२ मत छ । दुबैबीच ३५०को मतान्तर छ ।
प्रदेश सभा १ मा नेकपा एकीकृत समाजवादीका नरेश शाहीको अग्रता छ । शाहीको २ हजार ६६४ मत पुग्दा एमालेका बलदेव रेग्मीले १ हजार १२७ मतआएको छ ।
मङ्सिर ४ गते धाँधली भएको भन्दै रोकिएको मत गणना निर्वाचन आयोगको निर्णय पछि हिजो साँझबाट सुरु भएको थियो ।






प्रतिक्रिया