अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुचुल्का भन्दा ३० वटा बढी मतपत्र भेटिएपछि बाजुरामा मतगणना स्थगित

मुचुल्का भन्दा ३० वटा बढी मतपत्र भेटिएपछि बाजुरामा मतगणना स्थगित


काठमाडौं -बाजुरामा मतगणना मुचुल्का भन्दा बढी मत पत्र भेटिएपछि मतगणना कार्य रोकिएको छ । हिमाली गाउँपालिकाका चार वटा मतदान केन्द्रका मतगणना गर्ने क्रममा मतदान अधिकृतले उठाएको मुचुल्कामा भन्दा ३० वटा मतपत्र बढी भेटिएपछि गणना रोकिएको हो ।

मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले मुचुल्काअनुसार दुई हजार ३१२ मतपत्र हुनुपर्नेमा गणनाका क्रममा दुई हजार ३४२ मतपत्र भेटिएपछि दलका प्रतिनिधिको आग्रहमा गणना रोकेको बताउनुभयो । उहाँकाअनुसार अहिले उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिहरुबीच छलफल भइरहेको छ ।
पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभातर्फको सात हजार ५१० मतको गणना सकिदा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिनु भएको छ । पाण्डेले ४ हजार २१४ मतसहित अग्रता लिंदा नेकपा एमालेका कर्णबहादुर थापाले ३ हजार ६६ मतल्याउनु भएको छ ।