अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुरमा चार तलामाथीबाट खसेर किशोरको मृत्यू

भक्तपुरमा चार तलामाथीबाट खसेर किशोरको मृत्यू


काठमाडौं -घरको चार तलामाथिबाट खस्दा भक्तपुरमा एक जनाको मृत्यु भएको छ।

बिहीबार साँझ मध्यपुरठिमी नगरपालिका-६ मिलरोडस्थित एक घरको चौथो तलाबाट खसेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिनुभयो।

उक्त घर भुवन श्रेष्ठको हो। उहाँका १७ वर्षीय छोरा भूमिनलाल खसेर गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि नागरिक अस्पताल ठिमी लगिएको थियो। त्यहाँ उपचारको क्रममा राति नै मृत्यु भएको हो।

यसको अनुसन्धान प्रहरी वृत्त ठिमीबाट भइरहेको छ।