काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री प्रतिनिधिसभा सदस्यमा विजयी भइसक्नुभएको छ । उहाँ धादिङ-२ बाट एमालेका भूमि त्रिपाठीलाई पराजित गर्दै विजयी बन्नुभएको हो । उहाँले निर्वाचित प्रमाणपत्रसमेत बुझिसक्नुभएको छ । तर अहिलेसम्म पनि पाण्डेले मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको छैन ।
अघिल्लो निर्वाचनमा धादिङबाट प्रदेश सभा सदस्यमा विजयी बन्नुभएका पाण्डे एमाले विभाजन भई गठन भएको एकीकृत समाजवादीबाट मुख्यमन्त्री बन्नुभएके हो । मुख्यमन्त्रीमै रहेका बेला उहाँले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिई विजयीसमेत भइसक्नुभएको छ । तर, पाण्डेले प्रतिनिधिसभा सदस्य भइसक्दा पनि मुख्यमन्त्री पदबाट किन राजीनामा दिनुभएको छैन भन्ने खुल्न सकेको छैन ।
निर्वाचन आयोगको कानुनमा समेत यसबारे प्रस्ट उल्लेख छैन । यदि उहाँ प्रदेश सभा सदस्यमा विजयी भएको भए मुख्यमन्त्री पदमै बहाल हुँदा पनि केही फरक पर्दैनथ्यो । तर, अहिले पनि उनी मुख्यमन्त्रीकै हैसियतमा क्रियाशील हुनुहुन्छ । प्रतिनिधिसभा सदस्य भइसक्नुभएका उहाँले स्वेच्छाले पदबाट राजीनामा दिनुपर्ने आवाज उठेको छ ।






प्रतिक्रिया