काठमाडौं -नेकपा एमालेका नेता भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई परराष्ट्र मन्त्रालयसँग पत्राचार गरी स्वीकृति लिएर अमेरिकी राजदूतलाई भेटेको हो भन्दै फेरि अर्को प्रश्न गरेका छन् ।
नेता रावलले अमेरिकी राजदूतले काठमाडौं महानगरका मेयरलाई भेटेको विषयमा उठाएको प्रश्नको जवाफ मेयर साहले आरोपसहित फर्काएपछि रावलले अर्को प्रश्न गर्नु भएको हो ।
उहाँले नागरिकले उठाएका प्रश्नको तथ्यसंगत जवाफ दिनु पदीय दायित्व भएको बताउनुभएको छ । आज एक विज्ञप्तिमार्फत संवेदनशील विषयमा मेयर साहले परराष्ट्र मन्त्रालयको अनुमति लिएर भेटेको भए अनुमति लिएर भेटेको भन्ने सरल जवाफ दिएको भए त्यो जिम्मेवारपूर्ण प्रयाप्त र इमान्दार जवाफ ठहरिने उल्लेख गर्नुभएको छ ।
उहाँले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको अमेरिकी राजदूतसँगको भेटवार्ता परराष्ट्र मन्त्रालयको स्वीकृतिमा भएको हो कि होइन भनी प्रश्न गर्नु भएको थियो । तर बालेनले “तपाईहरु जस्तो विदेशी सहयोग माग्ने कुनै रहर छैन” भन्ने असान्दर्भिक कुरा गरी उत्तेजना प्रकट गरेको रावलको भनाइ छ ।
रावलले विज्ञप्तीमा लेख्नु भएको छ नेपालको संविधान र नेपालको मर्यादा र स्वाभिमानको रक्षा गरौं भन्ने मेरो भनाईले घोचेको हो कि ? म फेरी पनि बालेनजीलाई प्रश्न गर्छु, के तपाईले परराष्ट्र मन्त्रालयसँग पत्राचार गरी स्वीकृति लिएर अमेरिकी राजदूतलाई भेट्नु भएको हो रु तपाईले भन्नु भए झैं “उहाँले परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएर आएपछि भेटेको हो भने उहाँले परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएर आएको जानकारी तपाईलाई कसरी भयोरु परराष्ट्र मन्त्रालयको पत्रबाट रु फोनबाट वा इमेलबाट रु पत्र वा इमेल भए त्यसको प्रतिलिपि वा फोनबाट भए स्वीकृति दिने परराष्ट्र मन्त्रालयका अधिकारीको नाम सार्वजनिक गर्नुहोस् ।’
आवेश, उत्तेजना र ओठेजवाफ जनउत्तरदायी प्रणालीसंग मेल नखाने रावलको विज्ञप्तीमा उल्लेख छ । रावलले महानगरले पेश गर्ने वार्षिक बजेट र सञ्चालन गर्ने कार्यक्रमको बजेट व्यवस्थाको विश्लेषण हुनुपर्ने बताउनुभएको छ ।
रावल लेख्नु भएको छ ,‘तपाईले असान्दर्भिक नै भएपनि जवाफमा “विदेशी सहयोग माग्ने कुनै रहर छैन” भन्नु भएको कुरालाई जनताले सम्झने नै छन् तथा तपाईले पेश गर्ने वार्षिक बजेट र सञ्चालन गर्ने कार्यक्रमको बजेट व्यवस्थाको विश्लेषण हुने नै छ ।बजेट र सञ्चालन गर्ने कार्यक्रमको बजेट व्यवस्थाको विश्लेषण हुने नै छ ।’






प्रतिक्रिया