अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय पार्टी हुने सम्भावना टर्दै गएको नेकपा एसलाई समानुपातिकमा मनाङबाट १७भोट

राष्ट्रिय पार्टी हुने सम्भावना टर्दै गएको नेकपा एसलाई समानुपातिकमा मनाङबाट १७भोट


काठमाडौं- माधव नेपालले नेतृत्व गरेको एकिकृत समाजवादी पार्टी राष्ट्रिय पार्टी हुने सम्भावना करिब सकिएको छ । समानुपातिक तर्फको मत गणना सकिनै लाग्दा यो पार्टी जिल्ला जिल्लाबाट कित भोट पायो भन्ने तथ्यांक पनि सार्वजनिक भएको छ । जस अनुसार एस पार्टीले ९ हजार मोट कुनै जिल्लामा पनि कटाएको छैन । सबभन्दा बढी भोट रौतहटमा ३२ हजार ७ सय ल्याएको छ । यसैगरी दोस्रो मत सिराहामा २० हजार १ सय ६३ मत ल्याएको छ । काठमाडौंमा १२ हजार २ सय ८५ मत ल्याएको छ । सबभन्दा लज्जास्पद एसले मनाङमा १७ र मुस्ताङमा ५५ मत ल्याएको छ ।
प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगले अहिलेसम्म १ करोड ३ लाख ८२ हजार ८५ मत गनिसकेको छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेले २७ लाख ७३ हजार ९९९, नेपाली कांग्रेसले २६ लाख ४४ हजार २४१ र नेकपा ९माओवादी केन्द्रले ११ लाख ६ हजार २५६ मत ल्याएको छ ।

आठौँ दलको रूपमा थ्रेसहोल्ड कटाउन संघर्ष गरिरहेको नेकपा ९एकीकृत समाजवादी०ले २ लाख ९४ हजार ६३ मत ल्याएको छ । थ्रेसहोल्ड कटाउन खसेको सरदर मतको ३ प्रतिशत कटाउनुपर्छ ।

एकीकृत समाजवादीले समानुपातिकतर्फ माधव नेपालको गृहजिल्ला रौतहटबाट सबैभन्दा धेरै मत ल्याएको छ । त्यहाँ ३२ हजार ७०० मत ल्याएको छ भने सबैभन्दा कम मनाङमा १७ मात मात्रै ल्याएको छ ।

अहिले समानुपातिकतर्फ दोलखा, बाजुरा र स्याङ्जा–२ को मत गन्न बाँकी छ ।

समानुपातिकतर्फ एकीकृत समाजवादीले कुन जिल्लामा कति मत ल्यायो हेर्नुहोस्

ताप्लेजुङ– १,५४५
पाँचथर– ३,३८७
इलाम– ८,६०७
झापा– २,९०३
सङ्खुवासभा– २,५४८
तेह्रथुम– ५८९
भोजपुर– ३,६९३
धनकुटा– २४४९
मोरङ– ८,५६१
सुनसरी– ४,१४६
सोलुखुम्बु– १६२
खोटाङ– ३,३६३
ओखलढुंगा– ४३०
उदयपुर– ३,८६३
सप्तरी– ९४४९
सिरहा– २०,१६३
धनुषा– १४,९०४
महोत्तरी– ४,९००
सर्लाही– ९,८२३
रौतहट– ३२,७००
बारा– ९,४१४
पर्सा– ५,७३१
रामेछाप– १,३४८
सिन्धुली– ७६१
रसुवा– ३३६
धादिङ– ८,४२९
नुवाकोट– ९५८
काठमाडौँ– १२,२८५
भक्तपुर– २,१५५
ललितपुर– ३,१६०
काभ्रेपलाञ्चोक– ८,०९८
सिन्धुपाल्चोक– १,७००
मकवानपुर– ३,८४१
चितवन– ५,२१९
गोरखा– ५९६
मनाङ– १७
लमजुङ– ५८२
कास्की– २,८७७
तनहुँ– १,३९४
स्याङ्जा– ५६३
नवलपरासी पूर्व– १,४०१
मुस्ताङ– ५५
म्याग्दी– २८५
बागलुङ– ६४३
पर्वत– ८६१
गुल्मी– १,८५९
पाल्पा– १,८९२
अर्घाखाँची– १,०६७
रूपन्देही– ३,०५५
कपिलवस्तु– ८,४४७
रूकुमपूर्व– ३७५
रोल्पा– ९२६
प्युठान– ४९०
दाङ– ४,६९१
बाँके– १,८८६
बर्दिया– १,४९६
नवलपरासी पश्चिम– ६४८
सल्यान– ५९७०
डोल्पा– १,८२४
मुगु– २,६१२
जुम्ला– २,६४८
कालिकोट– २,०५३
हुम्ला– १,०२१
जाजरकोट– ७८६
दैलेख– ४,२४१
सुर्खेत– २,८९०
रूकुम पश्चिम– १,५१०
अछाम– ४,३७०
बझाङ– ५,००१
डोटी– २,३७३
कैलाली– ९,५५९
दार्चुला– ४६३
बैतडी– १,४००
डडेल्धुरा– ६६१
कञ्चनपुर– ६,९५५