अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अहिलेको निर्वाचनको परिणाम सुखद छैन, दलहरूले समीक्षा गर्नुपर्छ : गणेश तिमिल्सिना

अहिलेको निर्वाचनको परिणाम सुखद छैन, दलहरूले समीक्षा गर्नुपर्छ : गणेश तिमिल्सिना


काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम सुखद् नरहेको टिप्पणी गर्नुभएको छ ।

शनिबार ललितपुरमा आयोजित ‘जापानः विगत, वर्तमान र भविष्य’ विषयक एक दिने सेमिनारमा बोल्दै अध्यक्ष तिमिल्सिनालेदलहरूमाथि नै प्रश्न उठने गरी निर्वाचनको परिणाम आउनु मुलुकको लागि हितकर नभएको बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले ठूलो दलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउनका लागि दलहरू बलियो हुनुपर्ने उल्लेख गर्दै त्यस काममा लाग्न बौद्धिक समुदायलाई आग्रहसमेत गर्नुभयो।

उहाँले सचेत समूदायले दलहरूलाई सच्याउन सकेमात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र जनताले समृद्धिको अनुभूति गर्न पाउने गरी विकास, निर्माणको कामले गति लिने पनि स्पष्ट पार्नुभयो।

अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरूलाई सच्चिन पनि पटकपटक ध्यानाकर्षण गराउनुभयो।