काठमाडौं – नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठन जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राख्नेबारे छलफल भएको छ ।
शनिबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनका लागि एमालेसहितका दलहरुसँग छलफल गरेर अघि बढ्न सकिने भन्दै विभिन्न विकल्पमा जान सकिने निष्कर्ष निकालिएको हो।
निर्वाचनको समीक्षाका साथै सरकार गठनबारे विभिन्न विकल्पहरु खुला राखिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
‘निर्वाचनको प्रारम्भिक समीक्षा गरियो। अपेक्षा गरिए अनुसार हामीले संघमा सिट हासिल गर्न सकेनौँ भन्ने समीक्षा भयो। समग्रमा चुनावको सबै परिणाम आएपछि मात्रै गर्ने कुरा गरियो । विभिन्न विकल्पमा जान सकिन्छ। तर, पुरानो गठबन्धनलाई छोड्ने, तोड्ने निर्णय पनि गरिएको छैन।’
बैठकपछि महासचिव देव गुरुङले अहिले गठबन्धनमै रहेकाले गठबन्धनकै सरकार गठनको पहल हुने भन्दै वार्ता र संवाद एमालेसँग पनि हुनसक्ने बताउनुभयो ।






प्रतिक्रिया