अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनराजप्रति नेकपा एसका विजय पौडेलको टिप्पणी: बुथ कब्जाको कालो दाग भिरेर जित्नुभयो

धनराजप्रति नेकपा एसका विजय पौडेलको टिप्पणी: बुथ कब्जाको कालो दाग भिरेर जित्नुभयो


काठमाडौं – नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलले कांग्रेस उपसभापति धनराज गुरुङले बुथ कब्जाको कालो दाग भिरेर हिड्नुपर्ने भएको टिप्पणी गर्नुभएको छ ।

स्याङ्जा २ मा चापाकोट नगरपालिकाका ३ वटा बुथ कब्जा गरेर चुनाव जितेको आरोप लागेका गुरुङले आफैँले श्रद्धाञ्जली दिएका व्यक्तिको नामबाट पनि भोट खसालेको पौडेलले आरोप लगाउनु भएको छ।

गुरुङको जित सुनिश्चित भएपछि उपमहासचिव पौडेलले फेसबुकमार्फत टिप्पणी गर्दै पापको फल अवश्य मिल्ने भएकाले गठबन्धनको सहयात्रीको नाताले पाप कटाउन सुझाव दिएको बताउनु भयो ।

पौडेलले सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘धनराज गुरुङजीले जीवनभर “बुथ कब्जा” को कालो दाग भिरेर हिँड्ने भए । धनराजले आफैँले श्रद्धाञ्जली दिएका व्यक्तिको पनि भोट खसालेछन् । लाजको मर्नु, यो लोकतन्त्रको बेइज्जती हो । धनराजजी, धेरै दुःख गरेर भए पनि यो पाप कटाउनुस् । लोकतन्त्रमा यस्तो झेल त गर्न हुन्न है । पापको फल अवश्य मिल्छ । गठबन्धनको सहयात्री भएकैले झन् लेख्नै पर्‍यो । खुला खुलस्त आत्मालोचना गर्नुस् अन्यथा भविष्यमा तपाईँको राजनीति सकियो, गुण्डागर्दी मात्रै बाँकी रहने छ ।’

पौडेल सत्ता गठबन्धनको सुरुआती कार्यदलको सदस्य समेत रहेर काम गरेका नेता हुन् । उहाँले गुरुङले खुलस्त आत्मालोचना नगरे गुण्डागर्दी मात्र बाँकी रहने बताउनु भयो ।