काठमाडौं -दोलखाको प्रदेश सभा २ मा नेकपा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका अनुसार केसी १९ हजार ४१४ मत प्राप्त गरी प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत पाउनुभयो ।
नेपाली कांग्रेस दोलखाका सभापति समेत रहेका लामाले मतगणना सकिनु अघि नै हार स्वीकार गदै केसीलाई बधाई दिइसक्नु भएको छ ।






प्रतिक्रिया