अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपा प्रवक्ता श्रेष्ठको नजरमा सरकार गठनमा माओवादीका पाँच विकल्प

राप्रपा प्रवक्ता श्रेष्ठको नजरमा सरकार गठनमा माओवादीका पाँच विकल्प


काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शनिबारबाट सुरु भएको छ । आज पनि बस्दै छ। पेरिसडाँडास्थित पार्टी मुख्यालयमा शनिबार बसेको माओवादी पदाधिकारी बैठकले सरकार गठनका विषयमा सबै विकल्प खुला राख्ने निर्णय गरेको छ ।

सबै विकल्प भन्नले के–कस्ता विकल्प हुन् माओवादीले खुलाएको छैन । तर, माओवादीले नखुलाए पनि पाँच विकल्प हुन सक्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताउँनुहुन्छ ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता श्रेष्ठले माओवादीको नयाँ सरकार गठनका विषयमा पाँच विकल्प हुन सक्ने उल्लेख गर्नुभएको छ ।

यी हुन् पाँच विकल्प

  • सरकार बनाउन कांग्रेस वा एमालेसँग मिल्ने ।
  • सरकारको नेतृत्वमा आफै अघि बढ्ने ।
  • राप्रपालाई सरकारको नेतृत्वका लागि प्रस्ताव गर्ने ।
  • कांग्रेस, एमाले बाहेक अरु जो कोहीलाई समर्थन गर्ने ।
  • प्रतिपक्षमा बस्ने ।