अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस प्रवक्ता महत किन भेट्दैछन् नेताहरूलाई ?

कांग्रेस प्रवक्ता महत किन भेट्दैछन् नेताहरूलाई ?


काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके)बीच भेटवार्ता भएको छ । आइतबार बिहान बाँसबारीस्थित प्रवक्ता महतको निवासमा उहाँहरूबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा प्रवक्ता महतले डा. राउतलाई निर्वाचनमा विजयी भएकोमा बधाई दिनुभएको थियो । यस्तै पछिल्लो राजनीतिक घटनाक्रममा समेत उहाँरूबीच छलफल भएको समेत जनाइएको छ। अध्यक्ष राउत सप्तरी-२ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै विजयी बन्नुभएको थियो । 

पछिल्लो समय डा. राउत र शीर्ष नेताहरूबीच भेटघाट बाक्लिएको छ । महत कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेता हुनुहुन्छ। उहाँले यसअघि कांग्रेस नेता डा.शेखर कोइरालालाई उहाँकै निवास पुगी सांसद विजयी भएकोमा बधाई दिनुभएको थियो । महत आफैं भने यो निर्वाचनमा उठ्नुभएन । उहाँ समानुपातिकतर्फ खसआर्य क्लस्टर सूचीको पहिलो नम्बरमा हुनुहुन्छ।