दोलखा – दोलखामा मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिइरहनुभएको छ ।
सुरुदेखि अग्रता कायम गरेका नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीलाई १८ सय ९६ मतले पछि पार्दै शिवाकोटीले अग्रता लिनुभएको हो ।
मुख्य निर्वाचन अधिकृतका अनुसार ४१ हजार ९१८ मत गणना भइसकेको छ। जसमा एमाले उम्मेदवार शिवाकोटीले १८ हजार ६३३ मत प्राप्त गरेका छन्। त्यस्तै, माओवादीका कार्कीले १६ हजार ७३७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाकारी गराएको छ।






प्रतिक्रिया