दोलखा – प्रतिनिधि सभातर्फ दोलखामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता कायमै राख्नुभएको छ । जारी मतगणनाको पछिल्लो परिणामअनुसार शिवाकोटीले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगा कार्कीसँग अग्रता कायमै राख्नुभएको हो ।
पछिल्लो मत परिणामअनुसार एमालेका शिवाकोटीले १८ हजार ८७३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटम प्रतिष्पर्धी माओवादी केन्द्रका कार्कीले १७ हजार ६६० मत पाउनुभएको छ । उहाँहरूबीचको मतान्तर १ हजार २१३ छ । अहिले बैतेश्वरको मतगणना जारी छ।
मंसिर ४ गते भएको मतदानका क्रममा धाँधली भएको भन्दै निर्वाचन आयोगले पुन निर्वाचन गर्ने निर्णय गरेका कारण मत गणनामा ढिलाइ भएको हो । मंसिर १५ गते १० वटा बुथमा पुनः मतदान भएपछि मत गणना कार्य सुरु गरिएको थियो ।






प्रतिक्रिया