अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोलखा निर्वाचन अपडेट: एमालेका शिवाकोटी १३ सय मतले अगाडि

दोलखा निर्वाचन अपडेट: एमालेका शिवाकोटी १३ सय मतले अगाडि


दोलखा – प्रतिनिधि सभा अन्तर्गत दोलखामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी र सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्रका गंगा कार्कीबीच कडा प्रतिस्पर्धा देखिएको छ।

जारी मतगणनामा पछिल्लो मतपरिणाम आउँदा एमालेका उम्मेदवार शिवाकोटीसँगको अन्तर माओवादी केन्द्रका कार्कीले १३ सयमा झार्नुभएको छ । यसअघि यहाँ शिवाकोटीले करीब दुई हजार मतको अग्रता बनाउनुभएको थियो । तर यो भन्दाअघिको परिणाममा कार्कीले मतान्तर १२ सयमा झार्नुभएको थियो । शिवाकोटीले अहिले त्योभन्दा एक सय बढीले अग्रता लिनुभएको छ ।

हालसम्म ४४ हजार ९४१ मत गनिसक्दाको अवस्थामा यहाँ एमालेका शिवाकोटीले १९ हजार ७४४ मत ल्याउनु भएको छ । उहाँलाई पछ्याइरहेका कार्कीले १८ हजार ३८५ ल्याउनु भएको छ । ताजा अवस्थामा यी दुईजनाबीचको मतान्तर १३ सय ५९ मा झरेको छ। अहिले बैतेश्वरको मतगणना जारी छ।