काठमाडौं -दोलखाबाट प्रतिनिधि सभा सदस्यमा गठबन्धनका उम्मेद्वार गंगा कार्की निर्वाचित हुनुभएको छ ।
कार्की ५१८ मत अन्तरले निर्वाचित हुनुभयो । कार्कीले ३६ हजार ९९५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४७७ मत पाउनुभएको छ ।
अहिले समानुपातिकको गणना भइरहेको छ । समानुपातिकको मतपेटिकामा प्रत्यक्षको मतपत्र भेटिए पनि गणना गर्ने निर्णय सर्वदलीय बैठकमा भएका कारण जितको अन्तरको अंक केही तल माथि पर्न सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयका एक कर्मचारीले बताए ।
यससँगै देशभरको निर्वाचन परिणाम आएको छ । कार्कीको जितसँगै माओवादी केन्द्रले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १८ सिट पुर्याएको छ ।






प्रतिक्रिया