अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुपन्देहीमा ट्याक्टरले किच्दा सहचालकको मृत्यु

रुपन्देहीमा ट्याक्टरले किच्दा सहचालकको मृत्यु


रुपन्देही – रुपन्देहीको सैनामैना नगरपालिका-२ रिङरोडमा आइतबार ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्याक्टरका सहचालक सैनामैना–४ झारबैराका ६० वर्षीय ठगे थारू रहेका प्रहरीले जनाएको छ।

उहाँको तिनाउ अस्पताल बुटवलमा उपचार क्रममा मृत्यु भएको हो। आइतबार साँझ लु २ त ६१८५ नम्बरको  ट्याक्टरबाट खसेका थारूलाई सोही  ट्रयाक्टरको पछाडिको चक्काले किचेको थियो । ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ ।