अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु


काठमाडौं – सत्ता गठबन्धनको चुनावपछिको पहिलो बैठक सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको हो ।

बैठकमा प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल सहभागी हुनुहुन्छ।

यस्तै, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, कृष्ण सिटाैला, प्रवक्ता प्रकाश शरण महत, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल, जनमाेर्चाका सचिव हिमलाल पुरी लगाएत नेताहरु सहभागी हुनुहुन्छ ।

गठबन्धनको बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठन, महत्वपूर्ण पदहरुमा भागबण्डा लगायतका विषयमा छलफल सुरु हुने बताइएको छ ।