काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छुट्टै वार्ता भएको छ।
अध्यक्ष प्रचण्ड खुमलटारबाट अध्यक्ष नेपाललाई भेट्न उहाँको निवास कोटेश्वर पुग्नुभएको हो। त्यसपछि उहाँहरु त्यहाँ वार्ता सकेपछि अलग-अलग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार निस्किनु भएको हो।
माओवादी अहिलेकै गठबन्धन अघि बढाउने या नयाँ विकल्पमा जानेबारे अझै अलमलमा छ।
शनिबार र आइतवार बसेको पार्टी पदाधिकारीको अनौपचारिक बैठकमा माओवादी नेताहरुबीच कांग्रेससहितको गठबन्धनमै रहने या विकल्पमा जाने भन्नेमा मतान्तर भएको थियो।
देउवाले पहिलो दल भएकाले आफूले सरकारको नेतृत्व गर्नुपर्न मत राख्नुभएको छ । उता माओवादी अध्यक्ष प्रचण्ड पनि सके यही गठबन्धबाट नभए अर्को गठबन्धन बनाएर भए पनि प्रधानमन्त्री हुने दौडमा देखिएका छन्।
बहुमत जुटाउन पनि मुस्किल पर्ने सिट आएको अवस्थामा सत्ता गठबन्धनबाट शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपाल तीनै शीर्ष नेता प्रधानमन्त्रीको दौडमा देखिएका छन्।






प्रतिक्रिया