अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धनको बैठक सकियो

सत्ता गठबन्धनको बैठक सकियो


काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक सकिएको छ।

निर्वाचन परिणाम आएपछि पहिलो पटक बसेको सत्ता गठबन्धनको बैठकपछि संयुक्त वक्तव्य निकाल्ने निर्णय भएको छ। 

बैठक सकिएपछि सबैभन्दा पहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट बाहिरिनुभएको थियो ।

बैठकमा नयाँ सरकार गठनको विषयमा छलफल भए नभएको नेताहरुले खुलाएका छैनन्। यो बैठकमा मंसिर ४ को चुनावी परिणामको समीक्षा भएको छ। त्यस्तै बैठकमा सहभागी एक नेताले गठबन्धन कायमै राख्ने सहमति भएको बताएका छन्। 

बैठकमा प्रधामन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल सहभागी हुनुहुन्थ्यो ।

यस्तै, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, कृष्ण सिटाैला, प्रवक्ता प्रकाश शरण महत, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल, जनमाेर्चाका सचिव हिमलाल पुरी पनि सहभागी हुनुहुन्थ्यो ।