काठमाडौँ – प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शशांक कोइरालाबीच भेटवार्ता भएको छ।
चुनाव जितेर काठमाडौं फर्किनुभएका कोइराला देउवालाई भेट्न मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको थियो ।
भेटको क्रममा देउवा र कोइरालाले एक अर्कालाई बधाई ज्ञापन गरेका थिए भने चुनावी परिणाम र सरकार गठनका विषयमासमेत कुराकानी भएको थियो ।
भेटमा सभापति देउवाले नेता कोइरालालाई पार्टीको संसदीय दलमा आफूलाई सघाउन कोइरालाई आग्रह गर्नुभएको थियो ।
‘तपाईं के गर्नुहुन्छ ? संसदीय दलको नेता म लड्दैछु, मलाई सघाउनुहोला,’ भेटमा देउवाले कोइरालालाई भनेको उदृत गर्दै सचिवालयले भन्यो । कोइरालाले त्यसबारे कुनै जवाफ नदिए पनि सल्लाह गरौँला भनेर जवाफ फर्काएको सचिवालय स्रोतले बतायो । कोइरालाले आफू पनि संसदीय दलको नेताका लागि योग्य भएको र प्रधानमन्त्रीको दाबेदार रहेको बताउँदै आइरहनुभएको छ ।






प्रतिक्रिया