अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रामचन्द्र पौडेल र पूर्वमहामन्त्री डा. शशांक कोइरालाबीच भेटवार्ता

रामचन्द्र पौडेल र पूर्वमहामन्त्री डा. शशांक कोइरालाबीच भेटवार्ता


काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री डा. शशांक कोइरालाबीच भेटवार्ता गर्नुभएको छ ।

महाराजगञ्जस्थित कोइराला निवासमा मंगलबार बिहान उहाँहरुबीच भेटवार्ता भएको हो।

भेटका क्रममा दुई नेताबीच बधाई साटासाट भएको महाराजगञ्जले जनाएको छ। पार्टीको संसदीय दलको नेताका आकांक्षीद्वय पौडेल र कोइरालाबीच समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको बताइएको छ।

वरिष्ठ नेता पौडेल तनहुँ–१ र नेता कोइराला नवलपरासी बर्दघाट सुस्तापूर्व–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । उहाँहरु दुवै जनाले आफूलाई आगामी प्रधानमन्त्रीको आकांक्षीका रुपमा प्रस्तुत गर्दै आउनु भएका छन्।

पूर्वमहामन्त्री कोइरालाले मंगलबार बिहान पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेटवार्ता गर्नुभएको थियो । भेटमा देउवाले कोइरालासँग आफूलाई संसदीय दलको नेताका लागि सघाउन आग्रह गर्नुभएको थियो ।