अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति भण्डारी र सीके राउतबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र सीके राउतबीच भेटवार्ता


काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके)ले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्नुभएको छ ।

नयाँ सरकार निर्माणका लागि नेपाली कांग्रेससहितका दलहरुबीच दौडधुप चलिरहेका बेला उहाँले शीतल निवास पुगेर राष्ट्रपतिलाई भेट गर्नुभएको हो ।

सोमबार मात्रै उहाँले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कोटेश्वरमा वार्ता गर्नुभएको थियो । उहाँलाई सरकारमा ल्याउन गठबन्धन दलहरु जोडतोड गरिरहेका छन्। यसअघि नै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटिसकेका छन्।