काठमाडौं- निर्वाचनमा अन्तरघात गरेको आरोपमा नेकपा एमालेको बैतडी जिल्ला कमिटिले पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दलाई पार्टीबाट निस्कासन गर्न पार्टीको प्रदेश कमिटिलाई सिफारिस गरेको छ।
चन्दलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गर्न जिल्ला कमिटिले सिफारिस गरेको हो। चन्द एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुनुहुन्थ्यो। एमाले बैतडी जिल्ला कमिटीको बुधबार बसेको बैठकले चन्दलाई पार्टीबाट निस्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गरेको अध्यक्ष सुरेन्द्र पालले जानकारी दिनुभयो।
चन्द एमालेका प्रदेश कमिटी सचिवालय सदस्यसमेत हुनुहुन्छ । चन्दकोे अन्तरघातले बैतडीको प्रदेशसभा (२)का एमाले उम्मेदवार लिलाधर भट्ट पराजित भएको आरोप लागेको छ।
चन्दलाई गाउँपालिका अध्यक्षबाट समेत मुक्त गर्न एमालेले निर्वाचन आयोगलाई समेत सिफारिस गरेको छ ।






प्रतिक्रिया