काठमाडौं- समानुपातिकमा छनौट हुने साँसदहरुको नामलाई अन्तिम रुप दिन आज बस्ने भनिएको नेकपा एमाले सचिवालयको बैठक स्थगित भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले बैठक स्थगित गरेको जानकारी गराएको छ तर पुन कहिले बस्ने भन्ने विषयमा स्पष्ट पारेको छैन । नेताहरुलाई तयारी नपुगेको र थप परामर्श गर्नु पर्ने भन्दै आजको बैठक स्थगित गरिएको हो ।
तर निर्वाचन आयोगले भोलीसम्ममा सबै दलहरुलाई समानुपातिकको अन्तिम नामवाली बुझाउन समय दिएको छ ।
आजको बैठक भोली ११ बजे पार्टी केन्द्रीय कार्यलयमा बस्नेछ ।






प्रतिक्रिया