अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रामचन्द्र पौडेलले प्रचण्ड र भट्टराईलाई भन्नुभयो: मलाई प्रधानमन्त्री बनाउन सहयोग गर्नूस्

रामचन्द्र पौडेलले प्रचण्ड र भट्टराईलाई भन्नुभयो: मलाई प्रधानमन्त्री बनाउन सहयोग गर्नूस्


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच वार्ता भएको छ ।

आज मा‌ओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा नयाँ सत्ता समीकरणका विषयमा छलफल भएको छ। वर्तमान सत्ता गठबन्धनकै दलका नेताबीच अबको सरकार कस्तो बनाउने भन्ने विषयमा छलफल केन्द्रित भएको थियो।

भेटमा क्रममा वरिष्ठ कांग्रेस नेता पौडेलले आफूलाई प्रधानमन्त्री बनाउने भूमिका खेल्न प्रचण्ड र भट्टराईसँग सहयोग माग्नुभएको छ । उहाँले छलफलका क्रममा अब कांग्रेसको संसदीय दलको नेतामा आफू पनि लड्ने एक स्रोतले जनाएको छ।

यतिबेला कांग्रेसभित्र अबको प्रधानमन्त्री को बन्ने ? भन्ने आन्तरिक बहस छ। पार्टी सभापति शेरबहादुर देउवा आफैँ प्रधानमन्त्रीका दावेदार हुनुहुन्छ । त्यस्तै वरिष्ठ नेता पौडेल पनि प्रधानमन्त्री बन्न गृहकार्य गरिरहनुभएको छ । उता महामन्त्री गगन थापाले पनि आफू प्रधानमन्त्री बन्ने दावी गरिरहँदा अब कांग्रेसको संसदीय दलले संसदीय दलको नेता कसलाई चयन गर्छ त्यो निर्क्यौल हुन बाँकी छ।