अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समानुपातिक सांसद छान्न जसपाले बोलायो बैठक

समानुपातिक सांसद छान्न जसपाले बोलायो बैठक


काठमाडौं – समानुपातिक सांसद छान्न जनता समाजवादी पार्टी (जसपा)ले बैठक बोलाएको छ ।

मंसिर २४ गते शनिबार बिहानलाई बैठक बोलाएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिनुभयो ।

प्रचार विभाग प्रमुख बस्नेतले भन्नुभयो, ‘शनिबार बिहान ८ बजे केन्द्रीय कार्यकारिणी बैठक समितिको बैठक बोलाइएको छ । समानुपातिक तर्फका सांसदबारे निर्णयका लागि बैठक बोलाइएको हो ।’

निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुनेहरूको नाम क्लस्टर मिलाएर शनिबार भित्र पठाउन पत्र काटेपछि दलहरू त्यसको तयारीमा लागेका हुन् ।