अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रेशम चौधरीसहितका नेता-कार्यकर्ता रिहा भए नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने

रेशम चौधरीसहितका नेता-कार्यकर्ता रिहा भए नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने


काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीले शर्तसहित सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

आज दिउँसो काठमाडौँमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरीलगायतका जेलमा रहेका नेता–कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको हो ।

पार्टीको सचिवालय बैठकले रेशमलाल चौंधरीलगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बतानुभयो । उहाँले भन्नुभयो , ‘पार्टीका संस्थापक रेशम चौंधरीलगायत नेता कार्यकर्तालाई जेलबाट रिहाइ गरे मात्रै  हामी सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा लाग्छौं।’

पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठसहित नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा प्रत्यक्षतर्फ तीन सिटमा विजय हासिल गरेको छ ।