काठमाडौं- दैनिक क्रमशः तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ। तराई क्षेत्रमा हुस्सुरकुहिरो लाग्न थालेको छ। यस्तो बेला चिसोका कारण स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘तराई भूभागमा हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।’
आज बिहान ५ ः ४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस रहेको महाशाखाका मौसमविद् गोविन्दकुमार झाले जानकारी दिए। उनका अनुसार यो पुनः बिहान ८.४५ बजे अपडेट गरिनेछ। त्यसै बेलाको तापक्रमलाई आजको आधिकारिक न्यूनतम तापक्रम मानिनेछ। साथै ८:४५ बजे देशका अन्य स्थानको न्यूनतम तापक्रम पनि महाशाखाले प्रकाशन गर्नेछ।
प्रतिक्रिया