अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समानुपातिकको नामावली फाइनल हुँदै गर्दा शितल निवास बोलाइयो प्रमुख निर्वाचन आयुक्तलाई

समानुपातिकको नामावली फाइनल हुँदै गर्दा शितल निवास बोलाइयो प्रमुख निर्वाचन आयुक्तलाई


काठमाडौं -समानुपातिक तर्फका साँसदहरुको सुची निर्वाचन आयोगमा बुझाउने अन्तिम दिन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई राष्ट्रपति कार्यलय बोलाइएको छ ।
स्रोतका अनुसार कार्यलयको काममा व्यस्त रहेका थपलीयालाई राष्ट्रपति कार्यलयबाट टेलिफोन गरेर बोलाइएपछि उहाँ शितल निवास पुग्नु भएको हो । अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख निर्वाचन आयुक्त थपलियाबीच भेटघाट जारी छ ।
आज सबै दलहरुले समानुपातिक सुचीका उम्मेद्वारको अन्मित नामावली बुझाउने दिन हो । भोली दलहरुले बुझाएका उम्मेद्वारहरुको विवरण भेरिफाइ गरेर २६ गते राष्ट्रपतिलाई नवनिर्वाचित सबै साँसदहरुको सुची बुझाउने तयारी छ ।

थपलिया अहिले निर्वाचन आयोगबाट शितल निवासतर्फ हिडिसकेको स्रोतले जानकारी दिएको छ ।