अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावमा ‘धोका’ दिने घनश्याम र प्रभु सहित १४ जना एमालेबाट निस्कासित

चुनावमा ‘धोका’ दिने घनश्याम र प्रभु सहित १४ जना एमालेबाट निस्कासित


काठमाडौं -चुनावको मुखमा पार्टीको अनुशासन उल्लंघन गरेका घनश्याम भुसाल र प्रभु साह लगायत १४ जनालाई एमालेले आज निस्कासन गरेको छ ।
पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङका अनुसार स्थायी समिति सदस्यबाट घनश्याम भुसाल र प्रभु साह निष्कासित भएका छन् ।
अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाही पनि निष्कासनमा परेका छन् ।

केन्द्रीय सदस्यहरूमा रौतहटका उपेन्द्र शाह र कुन्दन कुसवाह, सिराहाका रामप्रित राम तथा सर्लाहीका बद्री न्यौपाने र रिता साह निष्कासित भएका छन् । यसैगरी, दाङकी गंगा चौधरी र टेकबहादुर बलम्पाखीलाई पनि निष्कासन गरिएको छ ।

यस्तै पार्टीका सल्लाहकार ताप्लेजुङका वाङ्दे शेर्पा, कञ्चनपुरका खेम सुबेदी र भक्तबहादुर अधिकारी तथा कैलालीका लक्ष्मी साह पनि बर्खास्त भएका छन् । जैतुन खातुनलाई पनि पार्टीबाट निस्कासन गरिएको छ ।