अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसले छान्यो ९ समानुपातिक प्रदेश सांसद, को-को परे ?

नेकपा एसले छान्यो ९ समानुपातिक प्रदेश सांसद, को-को परे ?


काठमाडौं – नेकपा एकीकृत समाजवादीले समानुपातिकतर्फको प्रदेश सांसदको नाम टुंगो लगाएको छ।

अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले नौ जना प्रदेश सांसदको नाम छनोट गरेको हो।

सो पार्टीका तर्फबाट प्रदेश १ मा विद्या चाम्लिङ राई प्रदेश सभा सदस्य चयन हुनुभएको छ । मधेश प्रदेशबाट रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवीको नाम छनोट गरिएको छ। त्यस्तै, बागमतीबाट मायादेवी शर्मा र ओमकुमारी श्रेष्ठ चयन हुनु भएको छ ।

लुम्बिनीबाट भगवती अधिकारी, कर्णालीबाट कल्याणी खड्का र सुदूरपश्चिमबाट माया पन्तको नाम चयन भएको सो पार्टीका महासचिव बेदुराम भुसालले बताउनु भयो ।

प्रतिनिधि सभाको चुनावमा भने ३ प्रतिशत मतको थ्रेसहोल्ड कटाउन नसकेपछि सो पार्टीले समानुपातिकतर्फ सांसद भने पाएन।