अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस समानुपातिक सांसद चयनमा परिवारवाद, प्रधानमन्त्री र गृहमन्त्री पत्नी पनि समावेश

कांग्रेस समानुपातिक सांसद चयनमा परिवारवाद, प्रधानमन्त्री र गृहमन्त्री पत्नी पनि समावेश


काठमाडौँ – नेपाली कांग्रेसले समानुपातिक तर्फको ३२ सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ। समानुपातिक सांसदको सूचीमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणकी पत्नीको नाम पनि समावेश भएको छ।

महिला समानुपातिकतर्फ प्रधानमन्त्री पत्नी आरजू देउवा राणा र गृहमन्त्री खाणकी पत्नी मञ्जु सांसद हुनुभएको हो । प्रधानमन्त्री र गृहमन्त्री दुवैको पत्नी समानुपातिकमा अटेपछि कांग्रेसभित्रै असन्तुष्टि देखिएको छ।

पत्नी मञ्जु समानुपातिकबाट संसद् प्रवेश गरे पनि गृहमन्त्री खाण निर्वाचनमा पराजित भए। तर, प्रधानमन्त्री देउवा र उहाँको पत्नी आरजू संसद‍्मा देखिँदै हुनुहुन्छ ।

प्रत्यक्षमा ५७ सीट जितेको कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको थियो।