अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन आचारसंहिता भोलिदेखि खारेज

निर्वाचन आचारसंहिता भोलिदेखि खारेज


निर्वाचन आयोगले निर्वाचन आचारसंहिता मंसिर २६  गते (भोलि) देखि लागू नरहने निर्णय गरेको छ ।

आयोगले आइतबार जनाएअनुसार प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता मंसिर २६ देखि अन्त्य हुने भएको हो ।

उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको पनि आयोगले जनाएको छ ।