अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समानुपातिकमा केही ‘भूलचुक’ भए आजसम्म सच्याउन पाइने

समानुपातिकमा केही ‘भूलचुक’ भए आजसम्म सच्याउन पाइने


काठमाडौं- समानुपातिकतर्फ राजनीतिक दलहरूले निर्वाचन आयोगमा पेस गरेको उम्मेदवारको अन्तिम सूची आजसम्ममा सच्याउन पाउने भएका छन् । नामावली सच्याउन चाहनेका लागि आज ४ बजेसम्मको समयसीमा उपलब्ध गराइएको निर्वाचन आयोगले जनाएको छ ।
समानुपातिक उम्मेदवारको नाममा त्रुटि भए सच्याएर पुनः विवरण पठाउन समय दिइएको आयोगले जनायो ।

आयोगका अनुसार प्रतिनिधिसभाअन्तर्गत दलले बुझाएको समानुपातिक उम्मेदवारको विवरणमा सच्याउनुपर्ने अवस्था भने हाल देखिएको छैन ।

केही राजनीतिक दलले प्रदेशसभाका लागि पठाएको समानुपातिक उम्मेदवारको विवरणमा भने त्रुटि देखिएकाले सच्याएर आयोगमा पठाउन पत्राचार गरिएको छ । सच्याएको विवरण आएपछि आयोगले उनीहरूलाई निर्वाचित भएको घोषणासहित प्रमाणपत्र प्रदान गर्नेछ ।

आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभामा १४ वटा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट उम्मेदवार निर्वाचित गर्न पाउने गरी मत प्राप्त गरेको र सबैले शनिबार नै बन्दसूचीमा रहेका उम्मेदवारको नामावली पेस गरिसकेका छन् ।