काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नुभएको छ ।
अध्यक्ष ओलीलाई भेट्न ओलीको केसी हिजो साँझ बालकोट जानुभएको हो । भेटका क्रममा समसामयिक राजनीतिक घटनाक्रमबारे करिब २ घण्टा छलफल भएको थियो ।
जनजीविकाका सवालमा उठेका विषयको सामूहिकरुपमा समाधान गर्ने प्रतिबद्धतासँगै नयाँ सरकार गठन, अर्थतन्त्र सुधारका लागि दलहरुबीचको एकतालगायतका विषयमा पनि छलफल भएको छ ।






प्रतिक्रिया