अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यादेश तत्काल फिर्ता नगरे आन्दोलनको आँधीबेहरी ल्याउँछौँ : किरण पौडेल

अध्यादेश तत्काल फिर्ता नगरे आन्दोलनको आँधीबेहरी ल्याउँछौँ : किरण पौडेल


काठमाडौं – नेकपा एमाले निकट युवा संघ नेपालले सरकारले ल्याउन लागेको अध्यादेशको विरोध जनाएको छ।

सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्यादेश २०७९ जारी गर्ने निर्णयको युवा संघले आपत्ति जनाएको हो।

युवा संघका अध्यक्ष किरण पौडेलले जनादेशबाट अस्वीकार गरेको गठबन्धन सरकारले नयाँ सरकार गठन गर्ने बेलमा नाजायज चलखेल गरेको आरोप लगाउनु भयो ।

अध्यक्ष पौडेलले भन्नुभयो, ‘सङ्क्रमणकालीन अवस्थामा लोकतन्त्र र कानुनी राज्यको समेत धज्जी उडाएर दण्डहीनता र अराजकतालाई प्रश्रय दिने गरी अध्यादेश ल्याई अनैतिक गठबन्धन गर्ने प्रपञ्चका लागि वर्तमान काम चलाऊ सरकारले नवनिर्वाचित संसद्को गरिमामाथि गम्भीर प्रहार गरेको छ। त्यसैले अध्यादेश तत्काल फिर्ता गर्न सरकारलाई आग्रह गर्दछु ।’

रेशम चौधरीको नाममा गम्भीर जघन्य अपराधको सजाय भोगिरहेका मोहमद अफ्ताव आलम जस्ता अपराधीलाई छुटकार दिने षड्यन्त्रको पर्दाफास भएको उल्लेख गरेका छन्।

जनहीतविपरीत ल्याइएको अध्यादेश तत्काल फिर्ता नगरे आन्दोलनको आँधीबेहरी ल्याउने अध्यक्ष पौडेलले चेतावनी दिनुभएको छ ।