अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुटपिटबाट वृद्धाको मृत्यु

कुटपिटबाट वृद्धाको मृत्यु


मलङ्गवा – सर्लाहीको चक्रघट्टा गाउँपालिकामा आज कुटपिटबाट एक वृद्धाको मृत्यु भएको छ । चक्रघट्टा–२ बेल्हीमा कुटपिटबाट जयसी रायकी ७० वर्षीय श्रीमती सागरदेवी रायको मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिनुभयो ।

छिमेकी पुकार रायसँग जग्गाको विषयमा विवाद हुँदा कुटपिटबाट रायको ज्यान गएको हो । पुकार रायको घर परिवारका सदस्यको कुटाइबाट आफ्नी आमाको मृत्यु भएको मृतककी छोरी सिकिलियादेवी यादवले आरोप लगाउनुभयो । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा ल्याइएको छ । घटनामा संलग्नको खोजी तथा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।