अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जाजरकोटमा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु (अपडेट)

जाजरकोटमा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु (अपडेट)


काठमाडाैं – जाजरकोटमा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । जाजरकोटको छेडागाड नगरपालिका-४ को भिरपाटीमा जीप दुर्घटनामा परेको हो ।

छोडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाका अनुसार ९ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटो मै मृत्यु भएको हो ।

मध्यपहाडी हाइवे कर्णाली प्रदेश ००१ च ०४२९ बोलेरो जीप जेवाबाट लेवातिर जाँदै गर्दा खसेको हो ।

दुर्घटनामा मृत्यु हुनेमा गाडी चालक भगवतीमाई २ दैलेखका मानबहादुर राउत, दैलेख भवगतीमाई ३ का विरेन्द्र केसी, सोही ठाउँका अम्बर बहादुर खड्का रहेका छन् । यस्तै जाजगरकोट खेडागाड नगर ५ का दीपक अधिकारी, अम्बरबहादुर अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा र वडा नम्बर ६ का वीरबहादुर खत्री रहेका छन् ।

घाइतेहरुमा वडा नम्बर ५ का जयभान अधिकारी र ५ वर्षीया निशा अधिकारी रहेकी छन् । विरामी लिएर जाँदै गरेको बोलेरो जीप दुर्घटनाको कारण खुल्न सकेको छैन् ।