अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जाजरकोट जीप दुर्घटना अपडेट : मृतकको संख्या ११ पुग्यो

जाजरकोट जीप दुर्घटना अपडेट : मृतकको संख्या ११ पुग्यो


काठमाडौँ – जाजरकोटको छेडागाड नगरपालिकामा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ४ र ५ को बीचमा पर्ने भीरबाटी भन्ने ठाउँमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो भने १ जना घाइते भएका हुन् । 

मृत्यु हुनेमा जीप चालक दैलेखको भगवतीमाई गाउँपालिका–२ का मानबहादुर रावत, छेडागाड नगरपालिका-६ का वीरबहादुर खत्री, छेडागाड-५ का जयकुमार बुढा, भगवतीमाई गाउँपालिका-३ का सुरेन्द्र केसी र अम्मरबहादुर खड्का रहेका छन्।

यस्तै, छेडागाड-५ का नैसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मर बहादुर अधिकारी, छेडागाड-६ का रामबहादुर बुढाको पनि दुर्घटनामा ज्यान गएको छ। 

यसैगरी २ वर्षीया निशा अधिकारीको उपचारका लागि नेपालगन्ञ लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

छेडागाड नगरपालिका-२ का जयनाथ अधिकारी गम्भीर घाइते भएका छन्।

सोमबार दिउँसो करिब ४ बजेको समयमा कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप दुर्घटना परेको हो। 

मध्यपहाडी सडकखण्ड अन्तरर्गत जाजरकोटको छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा जीप दुर्घटनामा परेको हो। जीप सडकबाट २०० मिटर तल खसेको छ ।