अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काभ्रे दुर्घटना १८ जनाको मृत्यू,२१ जना घाइते

काभ्रे दुर्घटना १८ जनाको मृत्यू,२१ जना घाइते


काठमाडौं -काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ। बा ३ ख ४३८५ बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।
गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीका अनुसार हालसम्म मृतकको सङ्ख्या १८ पुगेको छ। बसमा ३९ सवार थिए। मृतकमध्ये १३ जनाको दुर्घटनास्थल तथा ५ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।
बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार घाइते सबैलाई उपचारार्थ बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पताल पुर्‍याइएको छ।

अस्पताल दुर्घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार गरेको थियो। अझै मृतकको पहिचान हुन सकेको छैन। गम्भीर प्रकृतिको घाइते भएकाले तत्काल रेफरको तयारी भइरहेको जनाइएको छ। प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अध्यक्ष अधिकारीले बस तीव्र गतिमा भएको बताउनुभयो। बस मोडको भित्तामा ठोक्किएपछि सडकबाट केही तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा मृत्यु भएकाको शव धुलिखेल अस्पताल लगिएको छ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाणले काभ्रेपलाञ्चोकको बेथानचोकमा चलालगणेशस्थानमा मंगलबार साँझ भएको दुर्घटनाका घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पुर्‍याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई निर्देशन दिनुभएको छ ।
गृहमन्त्री खाणले गृहसचिव विनोदप्रकाश सिंहलाई उपचारका दुर्घटनाका घाइतेको उपचारका लागि जिल्लाको स्रोत र साधनले नपुग्ने भए थप व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।