अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीरेन्द्रनगरमा विकासका नयाँ नयाँ कामको सुरुवात

वीरेन्द्रनगरमा विकासका नयाँ नयाँ कामको सुरुवात


सुर्खेत – वीरेन्द्रनगर नगरपालिकामा विकासका नयाँ नयाँ योजनाहरु सुरुवात हुन थालेका छन् । जनताका आधारभुत आवश्यकता सम्बोधन गर्ने गरी प्राथमिकताका आधारमा यस्ता योजनाहरु सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख मोहनमाया ढकाल र कर्णाली प्रदेशसभा सदस्य यामलाल कडेंलले सुविधास सम्पन्न अस्पतालको शिलान्यास गर्नुभएको छ । नगरपालिकाले सञ्चालन गरेको नगर अस्पताल परिसरमा महिला र बालकालिकाका लागि पाँच शैयाको सुविधा सम्पन्न अस्पताल निर्माणका लागि हिजो शिलान्यास गरिएको हो ।
ब्याक टु लाइफ संस्थाको ६ करोड रुपैंया सहयोगमा अस्पताल निर्माण सुरु गरिएको छ । १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको नगरप्रमुख ढकालले जानकारी दिनुभयो । भवन निर्माणपछि बाल र स्त्री रोग विशेषज्ञ सहितको टोलीले नियमित उपचार सेवा प्रदान गर्ने ढकालले जानकारी दिनुभयो ।
ढकाल निर्वाचित हुने वित्तिकै नगरपालिकाको प्रशासनिक भवन शिलान्यास गर्नुभएको थियो । लामो सयम देखि निर्माणको योजनामा रहेको भवन विविध कारणले निर्माण सुरु हुन सकेको थिएन । आफू निर्वाचित भएर आउने वित्तिकै यसका कानुनी र व्यवहारिक समस्या सुल्झाएर ढकालले सो भवन शिलान्यास गर्नुभएको हो । ३१ जेठ २०७९मा शिलान्यास गरिएको गरिएको यो भवनको लागत १० करोड ७१ लाख रुपैंया छ भने २७ महिनामा निर्माण सम्पन्न गर्ने तयारी छ ।


यसैगरी आफ्नो चुनावी प्रतिवद्धता अनुसार वीरेन्द्रनगरवासीलाई खानेपानी सुविधा उपलब्ध गराउन मेयर ढकालले भेरी लिफ्ट खानेपानी आयोजना निर्माणका लागि नेपाल सरकारसँग सम्झौता गर्नुभएको छ । १६ भदौ,२०७९ मा नेपालगञ्जमा आयोजित कार्यक्रममा खानेपानी तथा ढल निकास विभागका महानिर्देशक रमाकान्त दवाडीबीच सम्झौता भएको थियो । नगरप्रमुख ढकालबीच सो खानेपानी योजना निर्माणको सम्झौता भएको हो । सम्झौता अनुसार अहिले प्रशासनिक कामहरु भइरहेका र अब चाँडै नै टेण्डर प्रक्रिया अघि बढ्ने ढकालले जानकारी दिनुभयो । ६ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजनाको लागत ६ अर्व रुपैया रहेको छ ।


‘नगरको भौतिक विकासमा हामीले नयाँ नयाँ फड्को मार्ने लक्ष्यमा छौं ’ ढकालले भन्नुभयो ‘यस बाहेक सामाजिक र जनसरोकारका हरेक विषय हाम्रो प्राथमिकतमा छन् । वार्षिक कार्ययोजना अनुसार हामी ति सबै कामलाई समयमै सम्पन्न गर्ने गरी लागेका छौं । ’