अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली र माओवादी महासचिव गुरुङबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र माओवादी महासचिव गुरुङबीच भेटवार्ता


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओली निवास बालकोट गएर महासचिव गुरुङले मंगलबार भेट गर्नुभएको हो ।

आफूले अध्यक्ष ओलीलाई चुनावमा राम्रो नतिजा ल्याएकामा बधाई दिएको महासचिव गुरुङले बताउनुभयो । त्यस अवसरमा समसामयिक विषयमा सामान्य कुराकानी भएको उहाँको भनाइ छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई भेटेरै बधाई दिन महासचिव गुरुङलाई पठाएका हुन् । यसअघि एमाले अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई फोन गरेर बधाई दिनुभएको थियो ।