अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभातर्फ ९१ जना महिला निर्वाचित

प्रतिनिधिसभातर्फ ९१ जना महिला निर्वाचित


काठमाडौं – मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनबाट संघीय संसदमा महिला ९१ जना निर्वाचित भएका छन्। 

यो निर्वाचनमा पुरुष १८४ निर्वाचित भएको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिनिधि सभातर्फ निर्वाचित महिला प्रतिशत प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिकतर्फ गरेर ६६ दशमलव ९० प्रतिशत पुरुष निर्वाचत हुँदा ३३ दशमलव १० प्रतिशत निर्वाचित भएको प्रमुख आयुक्त थपलियाले बताउनु भयो ।  

आयोगले बुधबार पत्रकार सम्मेलन गरेर प्रतिनिधि तर्फ २७५ र ५५० प्रदेश सभामा गरी कूल ८२५ जना जनप्रतिनिधि निर्वाचित भएको पनि जनाएको छ।