काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारी निकाय र अन्तरमन्त्रालयबीच समन्वय हुन नसक्दा अर्थतन्त्रमा समस्या भइरहेको बताउनु भएको छ ।
आज नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १३औं वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
वरिष्ठ उपाध्यक्ष ढकालले मन्त्रालय र सरकारी निकायहरुबीचको समन्वयको कमीले अवसर हुँदासमेत विकास निर्माणका कामले गति लिन नसकेको बताउनु भयो ।
उहाँले निजी क्षेत्रले उठाएका मागहरु निजी क्षेत्रका समस्या मात्रै हुन् भन्ने हिसाबले प्रचार भइरहेको भन्दै यस्ता प्रचार गर्न नहुनेतर्फ सचेत गराउनु भयो ।







प्रतिक्रिया