अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपा सरकारमा सहभागी नहुने

राप्रपा सरकारमा सहभागी नहुने


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा नजाने भएको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभामा पाँचौँ शक्तिका रुपमा उदय भएको राप्रपा प्रतिपक्षमा बस्ने भएको हो।

प्रत्यक्ष र समानुपातिकतर्फ प्रतिनिधि सभामा ७–७ सिट हासिल गरेको राप्रपाले बहुमत पुर्याउन प्रयासरत दलहरुले सरकार गठन गरे आफू प्रतिपक्षमा बस्ने नीति लिएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पार्टीले अहिले नै सरकारमा सहभागी हुनेबारे कुनै निर्णय नगरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीले सरकारमा जाने कुनै निर्णय गरेको छैन। सरकारमा सहभागी हुनेबारे कतैबाट पनि औपचारिक रुपमा प्रस्ताव पनि आएको छैन । बहुमत पुर्याउन प्रयासरत दलले सरकार बनाउन्। हामी प्रतिपक्षमा बस्छौं।’

राप्रपाका प्रवक्तासमेत रहेका जुम्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले पनि आफूहरु अहिले सरकारमा नजाने बताउनु भयो । देशमा भ्रष्टाचार उन्मूलनका लागि खबरदारी गर्न, संसदबाट राष्ट्रघात रोक्न र अहिलेको शासन व्यवस्थामा परिवर्तन गरेर मुलुक बनाउन जनताले राप्रपालाई जिताएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी अहिले सरकारमा जाने कुनै तयारी छैन । देशमा भ्रष्टाचार उन्मूलनका लागि खबरदारी गर्न, संसदबाट राष्ट्रघात रोक्ने प्रयास गर्न र अहिलेको शासन व्यवस्थाले हुँदैन केही कुरा परिवर्तन गरेर मुलुक बनाउ भनेर जनताले राप्रपालाई जिताएको हो।’