अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

म छिट्टै तेस्रो कार्यकालको प्रधानमन्त्री बन्दैछु : अध्यक्ष प्रचण्ड

म छिट्टै तेस्रो कार्यकालको प्रधानमन्त्री बन्दैछु : अध्यक्ष प्रचण्ड


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू छिट्टै तेस्रो कार्यकालका लागि देशको नेतृत्वमा पुग्न लागेको बताउनु भएको छ ।  

कास्कीस्थित अन्नपूर्ण गाउँपालिकास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जन्मोत्व कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।

यो गाउँ प्रचण्डको जन्मथलो पनि हो। ‘म मेरो जन्मथलोमा आइपुग्दाको हर्ष शब्दमा व्यक्त गर्न सक्दिनँ। मसँग अब धेरै वर्ष छैन। तपाईंहरुको आशिर्वाद लाग्यो, तपाईंहरुको माया र शुभकामनाले काम गर्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु’, उहाँले भन्नुभयो, ‘यो मेरो तेस्रो कार्यकाल हुने अठोट गरेको छु। मलाई तपाईंहरुले छिट्टै देशको नेतृत्व लिएको देख्नु हुनेछ।’