अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावी हारलाई सिद्धान्तको पगरी गुथाउन आवश्यक छैन : गोकुल बास्कोटा

चुनावी हारलाई सिद्धान्तको पगरी गुथाउन आवश्यक छैन : गोकुल बास्कोटा


काठमाडौं- नेकपा एमालेका पोलिटव्यूरो सदस्य गोकुल बास्कोटाले चुनावी हारजितलाई सिद्धान्तको पगरी गुताउनु नहुने बताउनुभएको छ ।
आज सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले चुनाव अघि जिल्लाका इन्चार्ज र पदाधिकारीसँग दश मिनेट पनि छलफल नगरी टिकट वितरण गर्नेहरुले हारको जिम्मा लिनुप पर्दैन भनेर प्रश्न गर्नुभएको छ ।
बास्कोटाले चुनावमा जिल्लाका भनेर समानुपातिकमा सिफारिस गरिएका उम्मेद्वाहरु सम्बन्धित जिल्लामा नभेटिएर ७७ वटै जिल्लाका सिडिओलाई सोध्नु परेको भन्दै व्यंग्य गर्नुभएको छ । त्यसबेला काभ्रेका भनेर जिल्ला नेतृत्वसँग सल्लाह नगरी संघ र प्रदेशमा समानुपातिकमा सिफारिस गरिएका कतिपय उम्मेद्वारको विवरण काभ्रेमा खोज्दा नभेटिएको भन्दै आलोचना भएको थियो ।
चुनावमा पराजित भएका केही र चुनावमा भागै नलिएका केही एमालेका नेताहरु चुनावी हारलाई सैद्धान्तिकरण गर्न लागेको भनेर पार्टी वृत्तमा चर्चा चल्न थालेको छ ।