काठमाडौं – नेकपा एमालेले पार्टीबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदहरुलाई संसदीय अभ्यासको जानकारी दिन पुष ५ गते काठमाडौंम भेला गर्ने भएको छ ।
पुस ५ गते काठमाडौको कमलादीमा भेला आयोजना गरिएको केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । उनले प्रतिनिधि सभासहित सातै प्रदेशका सांसदहरुलाई भेलामा सहभागिताका लागि पत्राचार गरिएको बताए । भेलामा सहभागीहरुलाई पार्टीका शीर्ष नेताहरुले प्रशिक्षण दिने बुझिएको छ ।
नेकपा एमालेबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ जना निर्वाचित भएका छन् भने प्रदेश सभामा दुवै निर्वाचन प्रणालीबाट १६१ जना निर्वाचित भएका छन् । यो सहित प्रतिनिधि सभा र प्रदेश सभामा एमालेका जम्मा २३९ जना सासद रहेका छन् ।
पार्टीका एजेण्डा संसदमा कसरी स्थापित गर्ने,संसदमा बोल्दा व्यापक तयारीका साथ बोल्ने,एमालेको संसदस्य चरित्रमा देशैभरी एकरुपता ल्याउने लगायतका विषयमा प्रशिक्षण दिइने रिजालले जानकारी दिनुभयो ।






प्रतिक्रिया